अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पेट्रोलियम पदार्थको नयाँ मूल्य आज रातीबाट लागु हुने

पेट्रोलियम पदार्थको नयाँ मूल्य आज रातीबाट लागु हुने


काठमाडौं – सरकारले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ । नयाँ मुल्य आज राती १२ बजेबाट लागु हुनेछ ।

शनिबार पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिनुभएको थियो ।

मन्त्री बडूले डिजेलमा २८ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरेको बताउनुभयो। कर कटौती भएसँगै अब डिजेल प्रतिलिटर १६४ र पेट्रोल १७९ रुपैयाँ पर्नेछ ।

सरकारको घोषणासँगै नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गर्दैछ ।

यसअघि शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारलाई निर्देशन दिएको थियो ।