अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कास्कीका लुम्ले र जुमलेटीमा भारी वर्षा,विहान नौ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह

कास्कीका लुम्ले र जुमलेटीमा भारी वर्षा,विहान नौ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह


पोखरा- कास्कीका दुई स्थानमा अति भारी वर्षा भएकाले उक्त क्षेत्रमा बिहान ९ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।
महाशाखाका अनुसार कास्कीका लुम्ले र जुमलेटी वर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टामा अति भारी वर्षामापन भएको हो।

महाशाखाले सूचना जारी गर्दै भनेको छ र आसपासका साना खोलामा आकस्मिक बाढी आउन सक्ने र कमजोर तथा भिरालो जमीनमा पहिरो जान सक्ने भएकाले बिहान ९ बजे सम्मै उच्च सतर्कता अपनाऔं।’