अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पुस्तक अभावका कारण ८० लाख विद्यार्थी पढ्न पाउने अवसरबाट वञ्चित भए : योगेश भट्टराई

पुस्तक अभावका कारण ८० लाख विद्यार्थी पढ्न पाउने अवसरबाट वञ्चित भए : योगेश भट्टराई


काठमाडौं – नेकपा एमालेका सांसद योगेश भट्टराईले पाठ्यपुस्तकको अभावमा ८० लाख विद्यार्थी पढ्न पाउने अवसरबाट वञ्चित भएको बताउनुभएको छ ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समय लिएर बोल्दै उहाँले सामुदायिक विद्यालयमा पढ्ने माध्यमिक तहका ८० लाख विद्यार्थीको शैक्षिक भविष्य अन्योल भएको बताउनुभयो ।

शैक्षिकसत्र सुरु भएको एक महिना १३ दिन पुगे पनि सामुदायिक विद्यालयमा पढ्ने ७५ प्रतिशत विद्यार्थीले पुस्तक अभावका कारण समस्या भोग्नुपरेको उनले उल्लेख गर्नुभयो ।

‘८० लाख विद्यार्थी माध्यमिक तहका छन्, जसले पुस्तक अभावका कारण स्कुल बंक गर्नुपर्ने अवस्था आएको छ,’ उहाँले भन्नुभयो, ‘पाठ्यपुस्तकको समस्या विगतका वर्षमा पनि थियो, अहिले पनि छ । म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

कक्षा–१ देखि ३ सम्म निजी क्षेत्रले पाठ्यपुस्तक छाप्ने सरकारी अनुमति भएकाले समस्या नभएको उनले बताउनुभयो । जनक शिक्षा सामग्रीले कक्षा–४ भन्दा माथिको पाठ्यपुस्तक छाप्ने भएकाले विद्यालय र विद्यार्थीको हातमा पुग्न नसकेको उहाँको भनाइ छ ।