अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

साउदीका युवराज र इराकका प्रधानमन्त्रीबीच भेटवार्ता

साउदीका युवराज र इराकका प्रधानमन्त्रीबीच भेटवार्ता


रियाद – साउदी अरबका युवराज मोहम्मद बीन सल्मान अल साउद र इराकका प्रधानमन्त्री मुस्ताफा अल काधिमीका बीचमा भेटवार्ता भएको छ ।

दुई देशको सम्बन्ध तथा आपसी सहकार्यका बारेमा उहाँहरुले आइतबार छलफल गर्नु भएको अधिकारीहरुले जनाएका छन् । साउदी अरबको भ्रमणमा रहनु भएका काधिमीले साउदीका उपप्रधानमन्त्री तथा रक्षा मन्त्री समेत रहनु भएका युवराज सल्मानसँग सुरक्षा सहयोग र सहकार्यका बारेमा पनि कुरा गर्नु भएको जनाइएको छ ।

उहाँहरुले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासो र सरोकारका विषयमा छलफल गर्नु भएको दुवै देशका अधिकारीहरुले बताएका छन् । त्यसैगरी क्षेत्रीय सुरक्षा तथा स्थायीत्वका बारेमा दुवै जनाले विचार आदान प्रदान गर्नु भएको थियो ।

इराकी प्रधानमन्त्री काधिमी गत शनिबार साउदी आउनु भएको हो । आइतबार नै साउदी अरबको भ्रमण सकेर उहाँ इरान जानु भएको छ ।