अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमती प्रदेशसभा बैठक बस्दै, एमालेले सदन अवरोध नगर्ने

बागमती प्रदेशसभा बैठक बस्दै, एमालेले सदन अवरोध नगर्ने


काठमाडौं – बागमती प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । सरकार पक्ष र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले बीचको विवाद समाधानका लागि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले राखेको सवैदलीय बैठकमा सहमति जुटेपछि बिहान ११ बजेका लागि आह्वान गरिएको बैठक दिउँसो १ बजेटका लागि सरिएको हो ।

बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै असार १२ गतेदेखि प्रमुख प्रतिपक्ष दल एमालेले सदनमा अवरोध गर्दै आएको थियो । एमालेको अवरोधका कारण रोकिएको प्रदेशसभाको बैठक आज बिहान ११ बजेका लागि आह्वान गरिएको थियो । उक्त बैठकमा एमालेको अवरोध कायम रहने देखिएपछि प्रदेशसभाका सभामुख श्रेष्ठले सर्वदलीय बैठक राख्नुभएको थियो ।

सो बैठकमा सरकार पक्षबीच सहमति जुटेको हो । सर्वदलीय बैठकमा सरकार र प्रतिपक्षका तर्फबाट दलका नेताहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो। प्रदेशसभाको बैठकमा एमालेले राखेका मागका विषयमा सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले धारणा व्यक्त गर्नुहुनेछ। एमालेको उठाएका विषयहरुलाई सम्बोधन गर्ने गरी सरकारको धारणा आउने सहमति जुटेको हो ।