अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजश्व छलीको अभियोगमा २७ जनालाई विगो र जरिवाना सहित ४४ करोड ३८ लाख माग गर्दै उच्च अदालतमा मुद्धा दायर

राजश्व छलीको अभियोगमा २७ जनालाई विगो र जरिवाना सहित ४४ करोड ३८ लाख माग गर्दै उच्च अदालतमा मुद्धा दायर


ललितपुर -राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनी तथा फर्महरुलाई २२ करोड १९ लाख रुपैंयाको विगो सहित ४४ करोड ३८ लाख रुपैंया सजाँय माग सहित आज मुद्धा दायर गरेको छ ।
विभागले जारी गरेको प्रेस विज्ञप्तीका अनुसार विभिन्न फर्मका सञ्चालक,कर्मचारी र कामदार सहित २७ जनालार्ई विपक्षी बनाएर उक्त उच्च अदालत पाटनमा मुद्धा दायर गरिएको हो ।

विभागका सुचना अधिकारीले जारी गरेको विज्ञप्ती अनुसार मालवस्तु पठाउँदा ढुवानी साधनको अनुगमन प्रणालीमा प्रविष्ट गरेको तर ती मालवस्तु खरिद गर्नेले बिना बिलबिजक बुझेको, खरिद र बिक्री नजनाई भन्सार, आयकर, मूल्यअभिवृद्धि कर र लाभांश लगायतका राजस्व नतिरेको विभागले जनाएको छ ।

क-कसलाई के के कसुरमा मुद्धा दर्ता गरिएको हो हेर्नुहोस विभागको विज्ञप्ती