अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्रप्रसाद ढुंगाना

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्रप्रसाद ढुंगाना


काठमाडौँ – नबिल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले कार्यभार सम्हाउनु भएको छ ।

बैंकको यही १६ गते सम्पन्न सञ्चालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुङ्गानालाई नियुक्त गरेको थियो।

बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले प्रमुख कार्यकारी अधिकृतमा ढुंगानालाई सीईओमा नियुक्त गरेको थियो । उहाँले शुक्रबारबाट आफ्नो जिम्मेवारी सम्हालेका हुन् । अनिल केशरी शाहले सेवानिवृत्त भएपछि बैंकले ढुंगानालाई सीईओमा नियुक्त गरेको हो ।

बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्षभन्दा बढी लामो अनुभव संगालेका ढुङ्गानाले यसभन्दा अगाडि नेपाल बङ्गलादेश बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेका थिए।

Skip This