अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशका विभिन्न भागमा रातीदेखि वर्षा जारी

देशका विभिन्न भागमा रातीदेखि वर्षा जारी


काठमाडौ- देशका विभिन्न स्थानमा रातिदेखि वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार प्रदेश नं १, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
‘अहिले काठमाडौं, काभ्रे, नुवाकोट, सिन्धुपाल्चोक, नवलपुर, म्याग्दी, स्याङ्जा, दाङ, बैतडीलगायत खासगरी देशको पहाडी भूभागमा हल्का वर्षा भइरहेको छ विभागले जनाएको छ ।
महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका तराई क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना छ।
बुलेटिनअनुसार रती देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सूदुरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम र अन्य भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।