अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालबाट दुवई फर्केको दुईसातामा राजकुमार मकतुमको झापामा १० अर्व लगानी गर्ने घोषणा

नेपालबाट दुवई फर्केको दुईसातामा राजकुमार मकतुमको झापामा १० अर्व लगानी गर्ने घोषणा


झापा -बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंको पहलमा दुवईका राजकुमारले झापाको जलथल जङ्गल, किच्कबध र कचनकवलको होचो भूभाग र हल्दिबारीको भेलागडी सिमसारमा पर्यटन विकासको लागि लगानी गर्ने भएका छन् ।
केही समय अगाडि दुबईका अधिराजकुमार जुमा अल मकतुमले झापा लगायत नेपालका विभिन्न ठाउँको अवलोकन भ्रमण गरी स्वदेश फर्किए लगतै युएई दूतावासको टोली आज झापा पुगेको छ ।

उक्त टोलीले झापा क्षेत्र नम्बर ३ को किच्कबध ,कचनकवल र जलथल जङ्गल साथै भेलागडी सिमसारको अनुगमन गर्ने कार्यतालिका नेकपा एमाले केन्द्रीय सदस्यसमेत रहेका कार्यकारी निर्देशक प्रसाईले जानकारी दिनुभयो । ५ वर्षभित्रमा १० अर्ब लगानी गर्ने गरी काम गर्ने गरी काम अगाडि बढेको प्रसाईले बताउनुभयो । जलथल जङ्गललाई खुल्ला चिडियाखानाको रूपमा विकास गरी पर्यटन हबको विकास गर्ने गरी काम गर्ने गरी गुरुयोजना तयार गर्ने काम सुरु भएको प्रसाईंको भनाइ छ ।