अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

देश बेच्नेहरु हो !

देश बेच्नेहरु हो !


‘देश बेच्नेहरु हो’

कलह छ, अशान्त छ

आज मेरो देशको मुहार

धूमिल छ, दुषित छ ।

एकातिर देश बेच्न

तम्सनेहरुको रोईलो

अर्कोतिर पालैपालो

देशलाई कंगाल बनाउन

एकहुल रक्तपिपाशु

खबरदारी गरिरहेछन्।

कहिले गृह त कहिले

संसद भवनमा छिरेर

नागरिकता विधेयक बनेर

ब्रह्मलुट मचाईरहेछन्।

बेचेर आफ्नो मुटु कलेजो

एमसीसी बुट किनिरहेछन्।

थाहा छ यी बुटहरु

एकदिन यिनीहरुकै

ढाडमा बज्रिनेछ।

यिनीहरूले दिएको

नागरिकताबाट नै

नेपाल आमाको नाम

मेटाउन तल्लीन छन् तिनीहरू

अस्तित्वको रक्षा गर्न सक्दैनौं

भने ए नालायकहरु हो !

तिमीहरू पनि इतिहासको

कुनै पानामा गुमनाम हुनेछौ

सदा-सदाको लागि !

सम्झ ! पैसा, शक्ति र पद

कसैको पेवा होइन र यो

के सधैं तिम्रै भइरहला ?

आँखामा पट्टी बाँधेर

देशभक्तिको गीत गाउँदैमा

निर्लज्ज लम्पसार परेर

विदेशीसामु हात फैलाउदैमा

राष्ट्रियता झल्किदैन महोदय,

स्वाधीनता, स्वतन्त्रता,

स्वाभिमान सबै बेचेपछि

कसरी भन्न सकौला।

देश बेच्नेहरु हो,

तिमीहरूले नै

मेरो देश नेपाल

म नेपाली ।।।

– काठमाडौं