काठमाडौं -अमेरिकाको न्यूयोर्कमा ‘न्यूयोर्क अन्तर्राष्ट्रिय ट्राभल्स शो’ सम्पन्न भएको छ।
२ वर्षयता कोभिडका कारण थला परेको पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा फर्काउने भन्दै नेपाली पर्यटन व्यवसायीले अमेरिकाको न्युयोर्कमा ट्राभल्स शो आयोजना गरेका हुन्। ट्राभल ब्युरो अफ नेपालसँगको सहकार्यमा भएको कार्यक्रममा नेपालका विभिन्न पर्यटकीय क्षेत्रको जानकारी र प्याकेज लिएर नेपालबाट विभिन्न कम्पनीहरूले सहभागिता जनाएका थिए।
सुस्ताउँको अवस्थामा रहेको नेपालको पर्यटक क्षेत्रलाई कसरी पुरानै अवस्थामा फर्काउन सकिन्छ भनेर न्यूयोर्क अन्तर्राष्ट्रिय टाभल्स शो आयोजना गरिएको आयोजक एवं नेपाल पर्यटन बोर्डका अमेरिका पर्यटन दूत प्रदिप श्रेष्ठले जानकारी दिए।
ट्राभल्स शोमा नेपाल झल्कने बिभिन्न जातजातिका सांस्कृतिक भेषभुषा, सांस्कृतिक नृत्य, हिमाल आरोहणका समय प्रयोग गरिने सामाग्री, पदयात्रामा प्रयोेग हुने सामाग्रीलगाएत नेपालको सांस्कृतिक, धार्मिक, ऐतिहासिक लगायत साहसिक खेलहरूको भिडियोसमेत प्रस्तुत गरिएको थियो






प्रतिक्रिया