अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सेलेनालाई आमा बन्न नसक्ने चिन्ता

सेलेनालाई आमा बन्न नसक्ने चिन्ता


काठमाडौं-‘लूज यू टू लव मी’, ‘स्लो डाउन’, ‘बेड लायर’ जस्ता सुपरहिट गीतकी गायिका सेलेना गोमेजले हालै आफ्नो नयाँ डकुमेन्ट्री ‘माई माइण्ड एण्ड मी’ मा आफ्नो जिन्दगीसँग जोडिएका कैयौं कुराको खुलासा गरिन् । कम उमेरमा हलिउडमा सफलता हात पारेकी सेलेनाले सन् २०२० मा इन्स्टाग्राममा एक लाइभ सेशनमा फ्यानमाझ आफूलाई बायपोलर डिसअर्डरको रोग रहेको खुलाएकी थिइन् ।

सेलेनाले एक अन्तरवार्तामा आफू सायद कहिल्यै आमा नबन्ने कुरा बताएकी छन् । सेलेना हालैमात्र रोलिङ स्टोन म्यागाजिनको कभरमा देखिएकी थिइन् । उनले पत्रिकासँग आफ्नो भावी योजनाका बारेमा कुराकानी गरेकी थिइन् ।

कुराकानीमा सेलेनाले आफूलाई परिवार बढाउन मनपर्ने भए पनि आफ्नो ‘मेडिकेसन’का कारण त्यो खतरनाक हुने उल्लेख गरेकी छन् । ‘म गर्भवती हुनका लागि प्रयासरत एक साथीलाई भेट्न गएकी थिएँ । साथीको अवस्था देखेपछि म आफ्नो कारमा गएर रोएँ । किनकी मैले पनि बच्चालाई कहिल्यै पनि जन्म दिन नसक्ने हो कि भन्ने चिन्ता थियो’, उनले भनेकी छन् ।

सेलेनाले बायपोलर डिसअर्डरको औषधिका कारण सन्तान जन्माउनु सन्तान र आमा दुवैका लागि खतरनाक रहेको बताएकी छन् । यसअघि सन् २०१४ मा सेलेनालाई ल्यूपस रोगका कारण अस्पताल भर्ना गरिएको थियो । जहाँ गायिकाको किड्नी ट्रान्सप्लान्ट गरिएको थियो । त्यो किड्नी उनको साथीले दिएकी थिइन् ।

Skip This