अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विश्वकपः समूह ‘ई’ बाट जापान र स्पेन अन्तिम १६ मा, जर्मनी लगातार दोस्रो पटक बाहिरियो

विश्वकपः समूह ‘ई’ बाट जापान र स्पेन अन्तिम १६ मा, जर्मनी लगातार दोस्रो पटक बाहिरियो


काठमाडौं – कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘ई’ मा जापान र स्पेन अन्तिम १६ प्रवेश गरेका छन् ।
खलिफा अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा जापानसँग २–१ गोलको नतिजमा पराजित भएपनि स्पेन अन्तिम १६ प्रवेश गरेको हो ।
खेलको ११औं मिनेटमा अलभारो मोराटाको गोलमा अग्रता लिएको स्पेनले पहिलो हापभरि मात्रै अग्रता बचाउन सक्यो ।

रित्सु डोआनले ४८औं मिनेटमा जापानका लागि बराबरी गोल फर्काएका थिए । त्यसको तीन मिनेट नबित्दै एओ टानाकाले जापनाका लागि दोस्रो गोल गर्दै अग्रता दिलाए । सोहि अग्रतालाई खेलको अन्तिम मिनेट सम्म कायम राख्दै जापानले स्पेनविरुद्ध उत्कृष्ट जित निकाल्दै समूह विजेता बन्यो ।
जापान तीन खेलमा २ जित निकालदै ६ अंक जोडेर समूह विजेताको हैसियतल अन्तिम १६ प्रवेश गरेको हो । स्पेन तीन खेलमा एक जित र एक बराबरीको नतिजमासहित ४ अंक जोडेर समूह उपविजेताका रुपमा नकआउट चरण पुगेको हो ।

जर्मनीसँग समान ४ अंक भएपनि गोल अन्तरमा अघि रहँदै स्पेनले अन्तिम १६ मा स्थान पक्का गर्यो ।

आजै अल बायट रंगशालामा कोस्टारिकालाई ४–२ गोलकोनतिजमा पराजित गरेपनि जर्मनी लगातार दोस्रो पटक समूह चरणाबाटै बाहिरिएको छ ।

पहिलो खेलमा जापनसँग २–१ गोलको नतिजमा पराजित भएको जर्मनीलाई अन्तिम १६ पुग्न दोस्रो खेल जित्नैपर्ने दवाव थियो । तर स्पेनसँग बराबरी खेल्दै अंक बाँडेपछि जर्मनीको अन्तिम १६ सम्भावना कम भएको थियो ।

अन्तिम १६ मा समूह विजेता जापानले क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । यस्तै, स्पेनले मोरक्कोेसँग खेल्नेछ ।