ललितपुर – नेपाल पत्रकार महासंघ, ललितपुर शाखा र बी एण्ड बी अस्पतालबीच पत्रकार र आश्रित परिवारको उपचारका क्रममा लाग्ने औषधि र स्वास्थ्य उपचारमा छुटसम्बन्धी सम्झौता भएको छ।
शुक्रबार एक कार्यक्रमकाबीच उक्त सम्झौता भएको महासंघ ललितपुर शाखाका सचिव रामहरि कार्कीले बताउनुभयो । उहाँकाअनुसार पत्रकार र पत्रकारका परिवारको स्वास्थ्य उपचारका क्रममा औषधि र स्वास्थ्य उपचारमा १५ प्रतिशत छुट दिने सम्झौता भएको हो।
सम्झौता २०७९ साल मंसिर १६ गतेबाट लागू भई दुई वर्षसम्म रहने छ। सम्झौता पत्रमा उल्लेख भएअनुसार नेपाल पत्रकार महासंघमा आवद्ध सबै शाखाका सदस्यहरु, पत्रकारका श्रीमान/श्रीमती, बुबा-आमा, छोराछोरीले यो सुविधा पाउनेछन्। सुविधाका लागि नेपाल पत्रकार महासंघबाट जारी भएको पत्रकार परिचय–पत्र आवश्यक हुने उल्लेख छ।
सम्झौता पत्रमा नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष सागर न्यौपाने र सचिव रामहरी कार्कीले हस्ताक्षर गरेका छन् भने अस्पतालका तर्फबाट अस्पतालका कार्यकारी निर्देशक डा.निरज लाल वैद्य र कार्यकारी व्यवस्थापक डा.रिना वैद्यले गरेका छन्।






प्रतिक्रिया