काठमाडाैँ-भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले ५२ जना शाखा अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा तथा काजमा खटाउने निर्णय गरेको छ।
मन्त्रालयको निर्णय अनुसार स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय तथा विभिन्न निकायमा कार्यरत शाखा अधिकृतहरूलाई नयाँ जिम्मेवारी दिइएको हो।
सरुवा सूची अनुसार उमेश कुमार यादव, मदन बहादुर थिङ, अमित कुमार गिरी, रामजी जोशी, देव नाथ साह, सन्तोष कुमार मिश्र, प्रमोद कुमार साह, नवीन कुमार श्रीवास्तव, सरोज कुमार झा, रमेश प्रसाद यादव, सन्तोष कुमार शर्मा, प्राण मेहता, केशव कुमार झा, हरिमोहन सुतिहार र सरोज कुमार सिंह लगायतका अधिकृतहरूलाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।
त्यस्तै, रणजित कुमार यादव, ललन कुमार यादव र राज किशोर साहलाई सूचना तथा सञ्चार मन्त्रालय वा अन्तर्गत, हरि शंकर यादवलाई युवा, श्रम तथा रोजगार मन्त्रालय र धिरेन्द्र कुमार यादवलाई राष्ट्रिय किताबखाना ललितपुरमा खटाइएको छ।
विभिन्न गाउँपालिका तथा नगरपालिकाहरूमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूलाई अन्य स्थानीय तह वा केन्द्रीय मन्त्रालयहरूमा सरुवा तथा कामकाजका लागि खटाइएको छ।








प्रतिक्रिया