काठमाडौं-एनआईसी एशिया बैंकले सिराहा, बर्दिया, सुनसरी र मोरङका चार सामुदायिक विद्यालयलाई ल्यापटप, डेस्कटप कम्प्युटर र प्रोजेक्टर सहयोग गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीको पठनपाठनलाई सहज बनाउँदै विद्यालयमा प्रविधिमैत्री शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले ती सामग्री उपलब्ध गराएको जनाएको छ।
सिराहाको धनगढीमाई नगरपालिका-९ स्थित श्री महावीर माध्यमिक विद्यालय चैनपुरलाई एक थान डेस्कटप कम्प्युटर र एक थान प्रोजेक्टर प्रदान गरिएको छ। ३१ भदौमा बैंकका लहान सर्कल प्रमुख लेखराज पौडेल र लहान शाखा प्रमुख राजेश्वर शाहले विद्यालयका प्रधानाध्यापक रामकुमार ठाकुरलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए। विद्यालयमा ६७२ भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
सोही दिन बर्दियाको ठाकुरबाबा नगरपालिका–२, कर्मलास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई एक थान ल्यापटप र दुई थान डेस्कटप कम्प्युटर प्रदान गरिएको बैंकले जनाएको छ । बैंकका मगरागढी शाखा प्रमुख महेन्द्रबहादुर शाहीले विद्यालयका प्रधानाध्यापक कलमबहादुर शाहीलाई सामग्री हस्तान्तरण गरेका थिए । उक्त विद्यालयमा २९३ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
सुनसरीको इटहरी उपमहानगरपालिका–१९, जब्दीस्थित श्री पञ्चायत रजतजयन्ती आधारभूत विद्यालयलाई दुई थान ल्यापटप र तीन थान डेस्कटप कम्प्युटर प्रदान गरिएको छ । बैंकका इटहरी सर्कल प्रमुख विशाल घिमिरे र तरहरा शाखा प्रमुख सन्देश भण्डारीले विद्यालयका प्रधानाध्यापक गोपीकृष्ण दंगाललाई सामग्री हस्तान्तरण गरेका थिए । विद्यालयमा १६९ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
त्यस्तै, मोरङको सुनवर्षी नगरपालिका–२, अमरदहस्थित श्री वीरेन्द्र सार्वजनिक विद्यालयलाई दुई थान ल्यापटप र दुई थान डेस्कटप कम्प्युटर प्रदान गरिएको छ । ३० भदौमा बैंकका दमक सर्कल प्रमुख भुपेन्द्र पौडेलले विद्यालयका प्रधानाध्यापक धनबहादुर बस्नेतलाई सामग्री हस्तान्तरण गरेका थिए । उक्त विद्यालयमा १ हजार १५७ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
बैंकले विद्यालयलाई उपलब्ध गराइएको प्रविधिजन्य सामग्रीले विद्यार्थीको पठनपाठन सहज हुनुका साथै गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।



प्रतिक्रिया