अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वाग्मतीसहित तीनवटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

वाग्मतीसहित तीनवटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना


काठमाडौं- देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । केही भूभागमा भारी वर्षाको पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।

तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागले राति कोसी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा लुुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा, वाग्मती प्रदेशका थोरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ ।

कोसी प्रदेशको तराई भूभागका केही, मधेस प्रदेश तथा वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका एकदुई स्थानमा मध्यमसम्म वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।

हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको विभागको भनाइ छ ।