अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वियामाथि रोमान्चक जितसहित स्वीट्जरल्याण्ड विश्वकपको नकआउट चरणमा

सर्वियामाथि रोमान्चक जितसहित स्वीट्जरल्याण्ड विश्वकपको नकआउट चरणमा


काठमाडौं- समूहको अन्तिम खेलमा सर्वियामाथि ३ २ गोलअन्तरको रोमान्चक जितसहित स्वीट्जरल्याण्डले समूह जी को उपविजेताका रुपमा विश्वकपको अन्तिम १६ मा स्थान पक्का गरेको छ ।

बराबरी नै पर्याप्त रहेको स्वीट्जरल्याण्डका लागि लिभरपुलका स्ट्राइकर जर्दान शाकिरीले खेल सुरु भएको बीसौं मिनेटमा गोल गरी सुरुवाती अग्रता बनाएका थिए ।
तर, त्यसको १५ मिनेटअन्तरमै सर्वियाले दुई गोल फर्काएर खेलमा अग्रता बनायो । सर्वियाली सेन्टर फरवार्डहरु अलेक्जान्दर मित्रोभिचले २६औं र डुसान लाहोभिचले ३५औं मिनेटमा गोल गरेका हुन् ।

खेलको रोमान्चकता त्यतिमा मात्र सीमित भएन । पहिलो हाफको अन्तिममा ब्रिल एम्बोलोले क्लोज रेन्जबाट गोल गरेपछि खेल २९२ गोलको बराबरीमा आयो ।
नकआउट चरणमा स्थान पक्का गर्न जितको विकल्प नभएको सर्वियाका लागि दोस्रो हाफमा पुनरागमनको अवसर थियो । तर, दोस्रो हाफको खेल सुरु भएलगत्तै स्वीस टिमले अग्रता बनायो । रेमो फ्रेलरले हाफ भलीमार्फत शानदार गोल गरेका थिए ।

बाँकी समयमा दुवै टिमले गोलका अवसर पाएका थिए । तर, गोल हुन सकेन । यो नतिजाले स्वीट्जरल्याण्डले अन्तिम १६ मा समूह एचको विजेता पोर्चुगलसँग खेल्ने निश्चित भएको छ । यो हारले सर्विया समूहबाटै घर फर्केको छ ।