अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष भट्टराई होटेलमा मृत भेटिए

मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष भट्टराई होटेलमा मृत भेटिए


जनकपुरधाम – मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई होटलमा मृत भेटिएका छन् ।

भट्टराई सर्लाहीको लालबन्दी १३ पत्थरकोटास्थित होलिडे रिसोर्टमा शनिबार मृत भेटिएको हो ।

शनिबार हुने भनिएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाको साधारणसभामा भाग लिन उहाँ शुक्रबार सर्लाही पुग्नुभएको थियो ।

राति खान खाएर सुतेका उहाँलाई आज बिहान साधारण सभा सुरु भएपछि खोज्दा आफ्नो कोठामै मृत भेटिएको मिडिया काउन्सिलका प्रशासकीय प्रमुख मुनेश्वर यादवले बताउनुभयो ।

कोठामा उहाँले वान्ता गरेको पाइएको छ । उहाँको हातमा र कोठामा औषधि भेटिएको छ।  उहाँ मधुमेह, उच्च रक्तचापका विरामी थिए ।

भट्टराई नेपाल पत्रकार महासंघ सप्तरी शाखा संस्थापक सभापति र नेपाल पत्रकार महासंघ पूर्व केन्द्रीय उपसभापति समेत थिए।

घटना विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

Skip This