अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकार लम्सालको उपचारमा इञ्जाद्वारा रु.५५ हजार सहयोग

पत्रकार लम्सालको उपचारमा इञ्जाद्वारा रु.५५ हजार सहयोग


लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी रोगको उपचारमा रहनुभएका वरिष्ठ पत्रकार हरि लम्साललाई नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले रु.५५ हजार आर्थिक सहयोग उपलब्ध गराएको छ ।

मुलुकको पत्रकारिता विधामा पाँच दशकदेखि क्रियाशील पत्रकार लम्साललाई उपचारमा केही सहयोग पु¥याउन सकियोस् भन्ने हेतुले इन्जा ग्लोवलका सचिव दीपक रिजालसहितको टोलीले अस्पताल पुगेर उक्त रकम हस्तान्तरण गरेको हो । उहाँ केही दिनदेखि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारमा हुनुहुन्छ ।

Skip This