अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विश्वकपमा आज नकआउट चरणका दुई खेल हुँदै

विश्वकपमा आज नकआउट चरणका दुई खेल हुँदै


काठमाडौं- कतारमा जारी फिफा विश्वकपमा आज आइतबार अन्तिम–१६ का दुई खेल हुँदै छन् ।

कतारको अल थुमामा रंगशालामा हुने आजको पहिलो खेलमा साविक विजेता फ्रान्सले पोल्यान्डविरुद्ध खेल्दै छ । यो खेल नेपाली समयानुसार राति ८.४५ बजेदेखि सुरु हुनेछ ।
फ्रान्स समूह ुडीु को विजेताको रूपमा र पोल्यान्ड समूह सी को उपविजेताको रूपमा प्रिक्वार्टरफाइनल आएका हुन् ।

यस्तै, आजको दोस्रो खेलमा राति १२.४५ बजे इङ्ल्यान्ड र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । यो खेल कतारको अल बायत रंगशालामा हुनेछ । विश्वकपमा इङ्ल्यान्ड समूह बी को विजेताको रूपमा र सेनेगल समूह एको उपविजेताको रूपमा अन्तिम–१६ मा आएका हुन् ।