काठमाडौँ – प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन पुनः नियुक्त हुनुभएको छ।
बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि शेरचनलाई सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि दुई कार्यकाल बैंकको सीईओ बनिसक्नुभएका शेरचन पुनः तेस्रो पटक नियुक्त हुनुभएको हो । सेञ्चुरी बैंकलाई प्राप्ति गरेसँगै उहाँले तेस्रोपटक बैंकको सीईओ बन्ने अवसर पाउनुभएको हो ।
सन् १९९५ सालमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकबाट बैंकिङ करिअर सुरु गर्नुभएका शेरचनसँग २७ वर्षको बैंकिङ अनुभव छ। उहाँ सन् २००७ मा प्रभु फाइनान्सको सीईओ बन्नुभएको थियो । तत्कालिन प्रभु फाइनान्स र प्रभु विकास बैंक मर्ज भएपछि बैंकको सीईओको जिम्मेवारी शेरचनले नै पाउनुभएको हो ।
जेनिथ फाइनान्स, गौरीशङ्कर डेभलपमेन्ट बैंक र किस्ट बैंकलाई प्राप्तिपश्चात् पनि शेरचन नै बैंकको सीईओ हुनुभएको थियो । प्रभु विकास बैंकको सीईओ हुँदै प्रभु बैंकको सीईओ हुनुभएका हो । आगामी माघ १८ देखि उहाँले तेस्रो कार्यकाल सुरु गर्नुहुनेछ।






प्रतिक्रिया