काठमाडौं – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई महाराजगञ्जस्थित घरबाट गए राति पक्राउ गरेको हो ।
अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी सन्तोष खड्का आफैं जबरालाई पक्राउ गर्न गएको स्रोतले जनाएको छ ।
तर उनका विरुद्ध कुनै मुद्दा दर्ता नरहेको र कानुनबमोजिम पक्राउ पुर्जी पनि जारी नभएको प्रहरी स्रोतले जनाएको छ ।
जबरालाई पक्राउपछि काठमाडौंकै एक प्रहरी कार्यालयको हिरासतमा राखिएको स्रोतले जनाएको छ ।
राति अकस्मात् आएको मौखिक आदेशपछि जबरा पक्राउ परेका हुन् । अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी खड्का कार्यालय बाहिर भएकै समयमा आदेश आएपछि उनलाई पक्राउ गर्न खड्का आफैं जानुपरेको स्रोतले जनाएको छ ।



प्रतिक्रिया