अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज चार संसदीय समितिको बैठक बस्दै

आज चार संसदीय समितिको बैठक बस्दै


काठमाडौँ-सङ्घीय संसद्अन्तर्गत चार संसदीय समितिको बैठक बस्दैछ। सङ्घीय संसद् सचिवालयका अनुसार अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ।

अर्थ समितिको बैठक बिहान ८ः३० मा बस्नेछ । बैठकमा नेपालको पुँजी बजारलाई व्यवस्थित, पारदर्शी, विश्वसनीय एवं लगानीमैत्री बनाउन धितोपत्र निष्कासन, सूचीकरण, बजार सञ्चालन तथा नियमन र लगानीकर्ताको हित संरक्षण सम्बन्धमा सम्बद्ध निकाय र संघसंस्थासँग छलफल गर्ने कार्यसूची छ। 

बिहान ९ः३० मा बस्ने न्याय समिति बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेको थुनुवाहरूको मानवअधिकारको अवस्थासम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची तय गरिएको छ। 

त्यस्तै, बिहान ११ बजे बस्ने सुशासन समितिको बैठकमा संयुक्त राष्ट्रसंघीय जलवायुसम्बन्धी सम्मेलनको सम्बन्धमा कृषि, वन तथा पर्यावरण मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका कामकारबाहीको बारेमा छलफल हुनेछ। 

बिहान ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिमा आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि दफावार छलफल गर्ने सम्भावित कार्यसूची छ ।