अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतमा दुईवटा लडाकु विमान दुर्घटना

भारतमा दुईवटा लडाकु विमान दुर्घटना


मध्य प्रदेश – भारतमा आज एकै दिन दुईवटा लडाकु विमान दुर्घटनामा परेका छन् । शनिबार बिहान स्थानीय समयअनुसार सवा नौ बजे सुखोई ३० र मिराज २००० लडाकु विमानले ग्वालियर एयर वेसबाट उडान भरेको बताइएको छ ।

यी दुवै विमान उडेको केही मिनेटमै दुघर्टनामा परेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । सुखोई ३० विमानमा दुई पाइलट रहेको र दुबै जीवितै रहेको जनाइएको छ । उनीहरूको उपचार भइरहेको छ । उता मिराज २००० मा एक जना मात्र पाइलट रहेको र उनको मृत्यु भएको भारतीय एयर फोर्सले पुष्टि गरेको छ ।

सुखोई ३० विमान उडिरहेको बेला हावामै आगो लागेको बताइएको छ । उता मिराज २००० विमानबारे भने धेरै जानकारी दिइएको छैन । भारतीय सुरक्षा अधिकारीहरूले एकै दिन दुई दुर्घटना हुनुलाई असमान्य भनेका छन् । एजेन्सी

Skip This