अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सबै सरकारी वेबसाइटको सर्भर डाउन

सबै सरकारी वेबसाइटको सर्भर डाउन


काठमाडौं – सर्भरमा आएको समस्याका कारण सबै सरकारी वेबसाइटहरू डाउन भएका छन्। बिहानैदेखि सर्भरमा समस्या देखिएको भए पनि दिउँसोबाट भने बेवसाइटहरु डाउन भएको हो।

सर्भरमा समस्या आएपछि त्रिभुवन विमास्थलमा उडान र अवतरण समेत रोकिएको छ। विमानस्थलका महाप्रबन्धक प्रेम ठाकुरका अनुसार बेवसाइट खुलाउनका लागि गृह मन्त्रालयसमक्ष खबर गरिएको छ। 

प्रधानमन्त्री कार्यालय, राष्ट्रपति कार्यालय लगायतका देशभरका सरकारी वेबसाइटहरु अहिले चलेको छैन। यद्यपि अहिलेसम्म नखुल्दा विमानस्थलमा यात्रुहरु आक्रोशित हुन थालेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘इमिग्रेशनको सर्भर डाउन भएको छ। सवा घन्टा भइसक्यो। अराभइल र डिपार्चर दुवै बन्द छ ।’

Skip This