अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

साबिक विजेता गुजरात प्लेअफमा, हैदराबादको सम्भावना समाप्त

साबिक विजेता गुजरात प्लेअफमा, हैदराबादको सम्भावना समाप्त


काठमाडौँ-साबिक विजेता गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को प्लेअफ पुग्ने पहिलो टोली बनेको छ ।

आईपीएलमा सोमबार सनराइजर्स हैदराबादविरुद्ध ३४ रनको जित निकाल्न्दै शीर्ष स्थानको गुजरातले प्लेअफमा स्थान बनाएको हो । गुजरातसंगको हारले हैदराबादको भने प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ ।

सोमबार नरेन्द्र मोदी रंगशालामा सम्पन्न खेलमा गुजरातले प्रस्तुत गरेको १८९ रनको लक्ष्य पछ्याउने क्रममा हैदराबादले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १५४ रनमात्र बनाउन सक्यो ।  

हैदराबादका हेनरिक क्लासेनले ६४ रन बनाए पनि टिमको हार टार्न सकेनन् । यसबाहेक, भुवनेश्वर कुमारले २७, मयन्क मार्कन्डेले १८ र कप्तान आइदेन मार्करमले १० रन जोडे ।

गुजरातका मोहम्मद सामी र मोहित शर्माले समान चार विकेट लिए । यश दयालले एक विकेट हात पारे ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको गुजरातले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १८८ रनको योगफल खडा गरेको थियो ।

गुजरातका शुभमन गिलले शतक प्रहार गरे । गिलले ५८ बलमा १३ चौका र एक छ्क्कासहित १०१ रन बनाए । यसबाहेक साइ सुदर्शनले ४७ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । गुजरातका चार ब्याटर शून्यमा आउट भएका थिए ।

हैदराबादका भुवनेश्वर कुमारले पाँच विकेट लिएका थिए । भुवनेश्वरले पहिलो इनिङको अन्तिम ओभरमा चार विकेट लिएका थिए । भुवनेश्वरले २०औं ओभरको पहिलो बलमा सुभनम गिललाई क्याच, दोस्रो बलमा राशिद खानलाई पनि क्याच गराउदा तेस्रो बलमा नूर अहमेदलाई रनआउट गराएका थिए । यस्तै, उक्त ओभरको पाचौं बलमा भुवनेश्वरले मोहम्मद सामीलाई पभेलियनको दिशा देखाएका थिए ।

चार ओभर बलिङ गरेका भुवनेश्वरले ३० रन खर्चिएका थिए । मार्को जन्सन, फजलहक फारुकी र टी नटराजनले समान एक विकेट लिए ।

जितसँगै १३ खेलबाट १८ अंक जोडेको गुजरात तालिकाको शीर्ष स्थानमा छ । १२ खेलबाट आठ अंक जोडेको हैदरावाद तालिकाको नवौं स्थानमा छ ।-एजेन्सी