अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमाथि चौतर्फी हमला भइरहेको छ: अध्यक्ष ओली

एमालेमाथि चौतर्फी हमला भइरहेको छ: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले विरुद्ध अनेक प्रकारका हमला भएका र हुनसक्ने बताउनुभएको छ। 

शुक्रबाटबाट पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेमाथि अन्य आक्रमण साथै भौतिक आक्रमण समेत भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो,  ‘शारीरिक आक्रमण हामी माथि भइरहेको छ।

प्रमुख प्रतिपक्षी दलको नेता, पूर्व प्रधानमन्त्री आफू माथि भौतिक आक्रमण हुँदा समेत सरकोले दोषीलाई कारबाही कारबाही नगरेको उहाँले बताउनुभयो। सरकारले त्यस्ता मानिसलाई संरक्षण र उत्साहित गर्ने काम गरेको भन्दै उहाँले आलोचना गर्नुभयो।उहाँले भन्नुभयो, ‘देशको पक्षमा सरकारले कुनै काम गरेको छैन, एमालेका विरुद्ध काम गरिरहेको छ।’

अध्यक्ष ओलीले देशमा एमाले छ भन्ने कुरा नबिर्सन आग्रह गर्नुभयो। एमालेलाई खतम पार्न चाहने शक्तिहरू आफैँ खतम भएर गएका कुरा नबिर्सन ओलीले चेतावनी दिनुभयो ।

२०८४ सालको निर्वाचनमा कांग्रेसका कुन हालत हुन्छ भन्ने कुरा हेर्न बाँकी रहेको ओलीले बताउनुभयो। दुई माना कोदो फल्ने सुर्को लिएर एमालेमा आएको माओवादी अहिले त्यो सुर्को कांग्रेसकोमा बन्धकी राखेर देश लुटिरहेको ओलीले बताउनुभयो। आउने चुनावमा त्यसको हालत के हुन्छ भन्ने कुरा भनि नरहने उहाँले प्रष्ट पार्नुभयो । 

एमालेको हुर्मत लिनेका विरुद्ध संसद्मा एमालेका सांसद लागि रहनुभएको ओलीले बताउनुभयो । एमाले सरकार, संसद् र सडक सबैतिर आफ्नो ढङ्गले लड्ने ओलीले प्रष्ट पार्नुभयो ।