काठमाडौं-अर्थमन्त्री डा. स्वर्णिम वाग्ले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन सोमबार टर्कीए प्रस्थान गरेका छन्।
उनी टर्किस एयरलाइन्सको उडानमार्फत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्मेलन आयोजना भइरहेको टर्कीएको आन्ताल्याका लागि प्रस्थान गरेका हुन्।
सम्मेलनका क्रममा अर्थमन्त्री वाग्लेले जलवायु परिवर्तन तथा दिगो आर्थिक विकाससँग सम्बन्धित नेपालको धारणा र मुद्दा विभिन्न उच्चस्तरीय आधा दर्जन सत्रमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । उनले जलवायु परिवर्तनका चुनौती, त्यसको प्रभाव न्यूनीकरण तथा दिगो आर्थिक विकासका विषयमा नेपालको प्राथमिकता र चासो उठाउनेछन् ।
टर्कीएको आन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री शिशिर खनाल यसअघि नै सम्मेलनस्थल पुगिसकेका छन् ।
अर्थमन्त्री वाग्ले कात्तिक २९ गते आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया