अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रारामा म्याराथन प्रतियोगिता हुने

रारामा म्याराथन प्रतियोगिता हुने


मुगु-मुगुको रारामा म्याराथन प्रतियोगिता हुने भएको छ । श्रीबक्स गुल्म, रारा हुटु र छायाँनाथ रारा नगरपालिकाको संयुक्त आयोजनामा शनिबार तेस्रो संस्करणको म्याराथन प्रतियोगिता हुन लागेको हो । 

प्रदेश तथा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नाका साथै राराको पर्यटन प्रवर्द्धन गर्न प्रतियोगिता आयोजना गरिएको श्रीबक्स गुल्मका गुल्मपति डोलराज श्रेष्ठले जानकारी दिनुभयो । सहभागी खेलाडी राराताल वरिपरि दौडिने छन् । दुई हजार नौ सय ७२ मिटरको उचाइमा रहेको रारामा दौड प्रतियोगिता गर्न सकिन्छ भन्ने उद्देश्यले म्याराथन आयोजना गरिएको उहाँ बताउनुहुन्छ ।

प्रतियोगितामा पहिलो हुनेलाई रु ४० हजार, द्वितीय हुनेलाई रु ३० हजार र तेस्रो हुनेलाई रु २० हजार पुरस्कार प्रदान गरिनेछ । सहभागी सबै खेलाडीलाई प्रमाणपत्रसहित ससम्मान गरिने आयोजकले जनाएको छ ।