काठमाडौं – डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई हराउँदै स्पेनले विश्वकपको उपाधि उचालेको छ ।
अर्जेन्टिनालाई १-० ले हराउँदै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि उचालेको हो । यसअघि स्पेनले सन् २०१० मा नेदरल्यान्ड्सलाई पराजित गर्दै विश्वकपमा जित हात पारेको थियो ।
स्पेन र अर्जेन्टिनाबीचको खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो । निर्धारित ९० औँ मिनेटको खेलमा कुनै पनि टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्ति समयमा धकेलिएको हो । इन्जो फर्नान्डिजले दुईवटा पहेँलो कार्ड पाएपछि अर्जेन्टिना १० सदस्यमा समेटिएको थियो ।
खेलको ११६ औँ मिनेटमा स्पेनका निको विलियम्सले दिएको पासलाई फरान टोरेसले गोलमा परिणत गर्दै टोलीलाई जित दिलाए । त्यसअघि अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजले स्पेनका दर्जन प्रहारलाई निष्प्रभावी बनाइदिएका थिए ।
खेलमा स्पेनले १२ वटा अन सट टार्गेट प्रहार गरेको थियो । यता अर्जेन्टिनाले अनसट टार्गेट एउटा पनि प्रहार गर्न सकेन । स्पेनले २० वटा गोलको प्रयास गर्दा अर्जेन्टिनाले एउटा पनि गर्न सकेन ।






प्रतिक्रिया