अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रोनाल्डोले भने-मेसीलाई साउदी लिगमा स्वागत गर्न आतुर छु

रोनाल्डोले भने-मेसीलाई साउदी लिगमा स्वागत गर्न आतुर छु


काठमाडौँ-चर्चित पोर्चुगिज फुटबलर क्रिस्टियानो रोनाल्डोले साउदीको व्यवसायिक लिगलाई विश्वकै पाँच प्रमुख व्यवसायिक लिगमध्येको एक बनाउन सकिने धारणा व्यक्त गरेका छन् । उनले त्यसका लागि विश्वका केही चर्चित र प्रभावशाली खेलाडीलाई साउदी लिगमा भित्र्याउनु पर्ने आवश्यकता औंल्याएका छन् ।

पछिल्लो समय अर्जेन्टिनी स्टार लियोनल मेसी, फ्रान्सका करिम बेन्जेमा र क्रोएसियाका लुका मोड्रिचजस्ता चर्चित अनुहार साउदी अरेबियाको लिगमा आबद्ध हुने चर्चा छ । ‘मेसी, बेन्जेमा र मोड्रिचजस्ता प्रभावशाली खेलाडीलाई साउदी व्यावसायिक लिगमा स्वागत गर्न हामी आतुर छौं,’ ३८ वर्षीय रोनाल्डोले भनेका छन् ।

पाँच पटकका बालर डीओर विजेता रोनाल्डो अल नासरबाट व्यवसायिक लिग खेल्नछन् । उनी गत डिसेम्बरमा अल नासरमा आबद्ध भएका थिए । उनले क्लबसँग सन् २०२५ सम्मका लागि सम्झौता गरेका छन् ।

अर्जेन्टिनी स्टार मेसीले पनि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) छाड्ने निश्चित भएको छ । पीएसजी छाडेपछि ३५ वर्षीय मेसी पनि साउदी क्लबमै आबद्ध हुने चर्चा सुरु भएको छ । यसका लागि मेसीका प्रतिनिधिले साउदी क्लबसँग छलफल गरिरहेको बताइएको छ । मेसी साउदी अरेबियाका पर्यटन राजदूत पनि हुन् ।

यसैगरी कुनै समय रोनाल्डोसँगै रियल म्याड्रिडबाट खेलेका बेन्जेमा र मोड्रिचका प्रतिनिधिले पनि साउदी क्लबसँग छलफल गरिरहेको समाचारमा जनाइएको छ । वार्ता सकारात्मक भएमा आफ्नो व्यावसायिक खेलजीवनको अन्त्यतिर बेन्जेमा र मोड्रिच पनि साउदीको ब्यवसायीक लिगमा सहभागी हुनेछन् ।

‘साउदी व्यावसायिक लिग निकै स्तरीय छ । तर, यसलाई अझ स्तरीय बनाउन विश्वका चर्चित र प्रभावशाली खेलाडीलाई भित्र्याउनु आवश्यक छ,’ रोनाल्डो भन्छन्, ‘भौतिक पूर्वाधार र प्रविधिमा पनि सुधार गर्नु आवश्यक छ ।’-एजेन्सी