अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेस्सी र रामोसको अन्तिम खेलमा पीएसजी पराजित

मेस्सी र रामोसको अन्तिम खेलमा पीएसजी पराजित


काठमाडौँ–लिग वान च्याम्पियन बनिसकेको पेरिस सेन्ट जर्मेइन (पीएसजी) आफ्नो अन्तिम खेलमा पराजित भएको छ ।

पीएसजीका लागि अन्तिम खेल खेलेका फरवार्ड लियोनल मेस्सी र डिफेन्डर सर्जियो रामोसले आफ्नो अन्तिम खेलमा टोलीलाई जिताउन सकेनन् । 

दुई गोलको अग्रता जोगाउन नसक्दा पीएसजी घरेलु मैदानमा क्लेरमन्टफर्टसँग ३–२ गोलले पराजित भयो ।

रमन्टफर्टको जितमा जोहान गास्टिन, मेदी जिफेन र ग्रिजोन केयईले गोल गरे । पीएसजीका सर्जियो रामोस र केलियन एमबाप्पेले गोल गरे । 

रामोस र मेस्सीले यो सिजनको अन्त्यसँगै पीएसजी छाड्ने निर्णय गरिसकेका छन् । यो खेल हारे पनि पीएसजी फ्रेन्च लिग वानको च्याम्पियन बनिसकेको छ ।-एजेन्सी