अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेसी र रामोसले छोडे पिएसजी 

मेसी र रामोसले छोडे पिएसजी 


काठमाडौँ–फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड लियोनल मेसी र डिफेन्डर सर्जियो रामोसले क्लब छाडेका छन् । शनिबार पिएसजीका लागि क्लेरमन्टफर्टविरुद्धको अन्तिम खेल खेल्दै मेसी र रामोसले क्लब छोडेका हुन् ।

क्लेरमन्टफर्टविरुद्धको खेलमा पिएसजी पराजित भएको छ । दुई गोलको अग्रता जोगाउन नसक्दा पिएसजी घरेलु मैदानमा क्लेरमन्टफर्टसँग ३–२ गोल अन्तरले पराजित भएको हो ।

क्लेरमन्टफर्टको जितमा जोहान गास्टिन, मेदी जिफेन र ग्रिजोन केयईले गोल गरेका थिए । पिएसजीका सर्जियो रामोस र केलियन एमबाप्पेले गोल गरे । लिग वानको उपाधि भने पिएसजीले जितिसकेको छ ।

पिएसजीका मेसी र रामोसले यो सिजनको अन्त्यसँगै पिएसजी छाड्ने निर्णय गरिसकेका छन् । मेसी साउदी क्लबसँग आबद्ध हुने चर्चा छ भने रामोस स्पेनिस क्लबमा फर्कने चर्चा छ ।-एजेन्सी