काठमाडौं-नेकपा एमालेले कोशी प्रदेशका सबै जिल्लामा नयाँ ईञ्चार्ज पठाएको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार बसेको बैठकले प्रदेश सहित सबै जिल्ला ईञ्चार्ज फेरेको हो। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार कोशी प्रदेश ईञ्चार्जमा केन्द्रीय सचिव रघुवीर महासेठलाई लगिएको छ। महासेठ जनकपुर निवासी हुनुहुन्छ।
एमालेले मोरङमा स्थायी कमिटी सदस्य डा. शिवमाया तुम्बाहाङफेलाई इलाम र अर्का स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्कीलाई मोरङ ईञ्चार्ज बनाएको छ।
गौतमका अनुसार झापामा विशाल भट्टराई, सोलुखुम्बुमा किशोर अधिकारी, ओखलढुंगामा खगेन्द्र राई, खोटाङमा राजेन्द्रकुमार राई, संखुवासभामा जीवन घिमिरे, उदयरपुरमा पर्शुमेघी गुरुङलाई ईञ्चार्ज बनाएर पठाइएको छ।
बैठकले भोजपुरमा रविन कोइराला, तेह्रथुममा टंक आङबुहाङ, सुनसरीमा शेरधन राई, धनकुटामा विनोद ढकाल, ताप्लेजुङमा वसन्तकुमार नेम्वाङ र पाँचथरमा तिलकुमार मेन्याङ्बोलाई जिल्ला ईञ्चार्ज तोकेको छ।
प्रतिक्रिया