अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वेस्ट हामलाई ४३ वर्षपछि महत्त्वपूर्ण उपाधि

वेस्ट हामलाई ४३ वर्षपछि महत्त्वपूर्ण उपाधि


काठमाडौँ । इङ्लिस क्लब वेस्ट हामले युरोपा कन्फरेन्स लिगको उपाधि जितेको छ । वेस्ट हामले बुधबार राति खेलिएको फाइनल खेलमा इटालियन क्लब फियोरेन्टिनालाई २—१ गोलले हराउँदै युरोपा कन्फरेन्स लिगको उपाधि चुमेको हो ।

वेस्ट हामले ४३ वर्षपछि कुनै पनि ठुलो प्रतियोगिताको उपाधि हात पारेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ६२औं मिनेटमा वेस्ट हामका लागि साइद बनेराहमाले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए ।

त्यसलगत्तै ६७औं मिनेटमा फियोरेन्टिनाका जियाकोमो बेनाभेन्तुराले जवाफी गोल फर्काएका थिए । खेलको अन्तिम समयमा वेस्ट हामका बोवेनले निर्णायक गोल गर्दै आफ्नो टोलीलाई महत्त्वपूर्ण उपाधि चुमाएका थिए ।