काठमाडाैं-नेकपा एमालेकाे युवा संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडाैं उपत्यका स्तरिय भ्याली फुटसल च्याम्पियनसिप आयाेजना गर्ने भएकाे छ।
असार १४ गतेदेखि सुरु हुने प्रतियाेगिताकाे सबै तयारी पूरा भएकाे युवा संघले साेमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएकाे छ।
प्रतियाेगिताकाे विजेता टीमले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार पाउने छन्। उत्कृष्ट एक जना खेलाडी र उत्कृष्ट गाेल रक्षकलाई समान १०-१० हजार दिइनेछ।
प्रतियाेगितामा काठमाडाैं, भक्तपुर र ललितपुर जिल्ला स्थित स्थानीय तहका सबै २२४ वडाका १६ देखि २४ उमेर समूहका युवाहरुकाे विभिन्न फुटसल टीमलाई सहभागिता गराइनेछ।
उपत्यकाका २१ वटै स्थानीय तहबाट असार १४ गतेदेखि २२ गतेसम्ममा पालिका च्याम्पियनसिपका लागि आ-आफ्नाे पालिकामा वडास्तरीय च्याम्पियनसिप खेलाइनेछ र पालिका च्याम्पियनहरुका बीचमा असार २३ गते भव्य समाराेहबीच फाइनल खेल हुने युवा संघले जनाएकाे छ।
फुटसल आयाेजना गर्नुकाे मुख्य उद्देश्य नेपालमा फुटसल खेलकाे व्यवसायिक प्रवर्द्धनमा महत्वपूर्ण याेगदान गर्नु हाे। साथै यस खेलका माध्यमबाट खेल र खेलाडीप्रति आम नागरिक, संघ-संस्था तथा राजनीतिक दलहरुलाई समेत प्रेरित गर्दै सरकारलाई खेल र खेलाडीप्रति जवाफदेही बनाउनु प्रतियाेगिताकाे आयाेजनाकाे उद्देश्य रहेकाे युवा संघले जनाएकाे छ।
यसअघि युवा संघले केपी ओली कप फुटबल प्रतियाेगिता सम्पन्न गरेकाे थियाे।





प्रतिक्रिया