अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्घाखाँची जिल्ला अदालतका न्यायाधीश भट्टराईद्वारा राजीनामा

अर्घाखाँची जिल्ला अदालतका न्यायाधीश भट्टराईद्वारा राजीनामा


काठमाडौँ-अर्घाखाँची जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिनु भएको छ ।

प्रधानन्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी दिएका न्यायाधीश भट्टराईले नैतिक संकट परेको भन्दै पदबाट राजीनामा दिनु भएको हो ।  

सर्वोच्च अदालत श्रोतका अनुसार न्यायाधीश भट्टराईले सोमबार प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई भेटेर राजीनामा पत्र बुझाउनु भएको हो ।

भट्टराईले प्रधानन्यायाधीश पदका लागि हरिकृष्ण कार्की योग्य नभएको आरोप लगाउँदै संसदीय सुनुवाइ समितिमा २६ पृष्ठ लामो उजुरी दर्ता गराउनु भएको थियो । तर सुनुवाइ समितिले उनको उजुरीलाई ‘उजुरीका लागि उजुरी’ भन्दै छलफल गर्नै उचित ठानेन । आफैँले कानुनी र नैतिकरुपमा प्रश्न उठाएका व्यक्ति प्रधानन्यायाधीश बनेको कारण उहाँ मातहत बसेर काम गर्न नैतिक संकट पर्ने भन्दै भट्टराईले राजीनामा बुझाउनु भएको हो ।

न्यायाधीश भट्टराईले सोमबारबाटै लागू हुने गरी राजीनामा बुझाउनु भएको हो । यसअघि असार १० गतेसम्म न्यायाधीश भट्टराई बिदामा बस्नु भएको थियो ।

Skip This