अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुख र राष्ट्रियसभा अध्यक्षलाई जनगणना प्रतिवेदन हस्तान्तरण

सभामुख र राष्ट्रियसभा अध्यक्षलाई जनगणना प्रतिवेदन हस्तान्तरण

संघीय साँसदका पिजन होलमा जनगणना प्रतिवेदन


काठमाडौं-सभामुख देवराज घिमिरेले नीति-निर्माणका लागि तथ्यांक उपयोगी हुने बताउनुभएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले बुझाएको ‘राष्ट्रिय जनगणना २०७८’ को नतिजा संसद भवन नयाँ बानेश्वरमा सोमबार ग्रहण गर्दै सभामुख घिमिरेले राज्यको नीति तथा कार्यक्रम तय गर्दा तथ्य तथ्यांक जरुरत पर्ने बताउनुभयो ।

उहाँले पछिल्लो जनगणना प्रतिवेदन पिँधसम्म पुगेर भएको विश्वास व्यक्त गर्नुभयो । ‘२०६८ भन्दा धेरै वस्तुवादी तथ्यांक आएको भन्ने सुनेको छु,’ उहाँले भन्नुभयो, ‘राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन हामीजस्ता नीति निर्माताका लागि सहयोगी हुने छ ।’

राष्ट्रिय जनगणना सफल बनाएकोमा सभामुख घिमिरेले राष्ट्रिय तथ्यांक कार्यालयलाई धन्यवाद व्यक्त गर्नुभयो।
२०७९ साल चैत १० गते सार्वजनिक भएको नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।
पछिल्लो जनगणनाको तथ्यांकले हिमाल र पहाड रित्तिँदै गएको देखाएकोमा चिन्ता व्यक्त गर्दै सभामुख घिमिरेले यसको असर सामाजिक र राजनीतिक दुवैतर्फ पर्ने धारणा राख्नुभयो ।

सभामुखलाई राष्ट्रिय तथ्यांक कार्यालयका सचिव रामप्रसाद थपलिया नेतृत्वको टोलीले ‘राष्ट्रिय जनगणना २०७८’ को नतिजा बुझाएको हो ।