अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रासस र एनएमएबीच समझदारीपत्रमा हस्ताक्षर

रासस र एनएमएबीच समझदारीपत्रमा हस्ताक्षर


काठमाडौं-राष्ट्रिय समाचार समिति ९रासस० र नेपाल पर्वतारोहण सङ्घ (एनएमए)बीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ। नेपालको पर्वतारोहण क्षेत्रको प्रचारप्रसार गरी विश्व समुदायमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यअनुसार दुई संस्थाबीच समझदारी भएको हो।

आज यहाँ आयोजित एक समारोहबीच राससका महाप्रबन्धक सिद्धराज राई र एनएमएका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको थियो। आगामी साउनदेखि लागू हुने समझदारीपत्रमा सङ्घका गतिविधि, पर्वतारोहण क्षेत्रका विषयवस्तुहरुलाई समाचार, आलेख, विचार, अन्तर्वार्तालाई छापा, श्रव्य, श्रव्यदृश्य र तस्बिरको माध्यमबाट प्रचारप्रसार गर्ने उल्लेख छ।

सो अवसरमा महाप्रबन्धक राईले राससले पहिलोपटक संस्थागत रुपमा एनएमएसँग समझदारी गरेको र यसलाई विस्तार गर्दै अन्य सङ्गठित संस्थाहरुसँग पनि समझदारी गर्दै जाने बताउँदै राज्यको जिम्मेवार समाचार संस्थाका रुपमा राससले देशभित्र र बाहिर पनि सकारात्मक सन्देश जाने समाचार सामग्रीहरुलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । एनएमएका वरिष्ठ उपाध्यक्ष पाण्डेले पर्वतीय पर्यटनको प्रवद्र्धन गर्दै विश्व समुदायमा नेपालको परीचय अभिवृद्धि गरी मुलुकको अर्थतन्त्रलाई सबलीकरण गर्न रासससँगको सहकार्य फलदायी हुने विश्वास व्यक्त गर्नुभयो।

सो अवसरमा राससका बोर्ड सदस्य कृष्ण अधिकारी र बजार शाखाप्रमुख राजाराम कार्की तथा एनएमएका कोषाध्यक्ष मुक्ति पाण्डे, बोर्ड सदस्य पिताम्बर गुरुङ, सचिव धनबहादुर गुरुङ, प्रमुख कार्यकारी अधिकृत कुलप्रसाद राईलगायत उपस्थित हुनुहुन्थ्यो।

यसैबीच आजै एनएमएलाई नबिल बैंक लिमिटेडका तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रु १० लाख आठ हजार रकमको चेक हस्तान्तरण गरिएको छ । पर्वतारोहणमा जाने आरोहीहरुको निधन भएमा उनीहरुका छोराछोरीलाई छात्रवृत्तिका लागि सो रकम प्रदान गरिनेछ । बैंकका वरिष्ठ सम्पर्क प्रबन्धक रोशन कोइरालाले चेक हस्तान्तरण गर्दै बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत पर्वतारोहणमा जाने आरोहीको निधन भएमा उनीहरुका छोराछोरीको शैक्षिक विकासमा सहयोग गर्ने र यस्तो सहयोग रकम बढाउँदै लगिने जानकारी दिनुभयो ।  

Skip This