अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गेटामा विश्वविद्यालय बनाउन नदिन मेडिकल माफिया लागे: लेखराज भट्ट

गेटामा विश्वविद्यालय बनाउन नदिन मेडिकल माफिया लागे: लेखराज भट्ट


कैलाली-नेकपा एमालेका सचिव लेखराज भट्टले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन नदिन मेडिकल माफिया लागिपरेको बताउनु भएको छ।

प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा संघीय सरकारले मेडिकल माफियाको दबाबमा विश्वविद्यालय संचालन गर्न नसकेको बताउनु भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधामन्त्री हुँदा विश्वविद्यालय बनाउने प्रक्रिया अघि बढाए पनि सरकार ढलेपछि प्रक्रिया नै रोकिएको भट्टको भनाइ थियो । उहाँले भन्नुभयो, ‘एमालेकै अगुवाइमा गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय भएको थियो ।अहिले मेडिकल विश्वविद्यालय बन्न नदिन माफियाहरुले चलखेल गरे । सरकार तिनको दबाबमा पर्यो ।’

आजै सचिव भट्ट सहितको टोलीले मेडिकल कलेजको निरीक्षण समेत गरेको थियो । निरीक्षणका क्रममा उहाँले सरकार गम्भीर नभए कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

Skip This