अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुस्ताङका सबै पालिकाको बजेट पारित

मुस्ताङका सबै पालिकाको बजेट पारित


म्याग्दी-हिमालपारीको जिल्ला मुस्ताङका पाँच वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति कार्यक्रम एवम् बजेट पारित गरेका छन् ।

जिल्ला सदरमुकाम रहेको घरपझोङ गाउँपालिकाले असार ७ गते नै नीति कार्यक्रम तथा बजेट पारित गरेको थियो। गाउँपालिकाका उपाध्यक्ष जमुना थापा मगरले प्रस्तुत गरेको २९ करोड ९६ लाख ५९ हजार रुपियाँको बजेट छलफल पछि पारित भएको प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले जानकारी दिनुभयो ।

चालुतर्फ १८ करोड ४३ दाख १८ हजार र पुँजीगत तर्फ ११ करोड ५३ लाख ४१ हजार रुपियाँ आगामी आर्थिक वर्षका लागि विनियोजन गरीएको छ । नेपाल चीन सिमाना पर्ने कोरला नाका रहेको लोमन्थाङ गाउँपालिका २९ करोड ८६ लाख ४१ हजार रुपियाँको बजेट आगामी आर्थिक वर्षका लागि आइतबार पारित भएको सूचना अधिकारी विकास केसीले बताउनुभयो ।

गाउँसभामा नीति तथा कार्यक्रम एवम् बजेट पारीत भएको उहाँको भनाइ छ । लोघेकर दामोदर कुण्ड गाउँपालिकामा चालुतर्फ ११ करोड २६ लाख र पुँजीगततर्फ १२ करोड ९३ लाख गरी कुल २४ करोड १९ लाख रुपियाँको बजेट उपाध्यक्ष छिरिङ ल्हामो गुरुङले प्रस्तुत गर्नुभएको थियो ।

सभामा छलफल पछि उक्त बजेट पारित भएको हो । पवित्र तिर्थस्थल मुक्तिनाथ रहेको बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकामा चालु तर्फ १६ करोड ५ लाख र पुँजीगततर्फ ९ करोड ५६ लाख गरी कूल २५ करोड ६२ लाख गरी कूल २५ करोड ६२ लाखको बजेट पारित भएको छ ।

त्यस्तैगरी मुस्ताङको सबैभन्दा तल्लो थासाङ गाउँपालिकामा ३६ करोड ६८ लाख ४५ हजार रुपियाँ बजेट विनियोजन भएको छ। गाउँपालिकाका उपाध्यक्ष सोमल हिराचनले प्रस्तुत गर्नुभएको उक्त बजेट छलफल पछि पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र सुवेदीले बताउनुभयो ।

Skip This