अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 ऋतिक रोशनको फाइटरकाे टम क्रुजको फिल्मसँग तुलना

 ऋतिक रोशनको फाइटरकाे टम क्रुजको फिल्मसँग तुलना


मुम्बई-ऋतिक रोशनले आफ्नो अर्को फिल्म ‘फाइटर’ को पहिलो लुक सार्वजनिक भए पछि विभिन्न प्रतिक्रिया आउन थालेको छ ।  

तस्बिरमा ऋतिकलाई सैनिकको वर्दीमा देख्न सकिन्छ । उनले आफ्नो छेउमा उभिएको लडाकु विमानमा हात राखेका छन्। उनी क्यामेरामा पछाडि उभिएर विमानलाई हेरिरहेका छन्।

ऋतिक रोशनले फोटोसँगै क्याप्सनमा फिल्म ‘फाइटर’ को रिलिज मिति उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘फाइटर’ २५ जनवरी २०२४ र ‘फाइटर’  रिलिज हुन ७ महिना बाँकी छ। 

जब अभिनेताका फ्यानहरूले यो तस्बिर देखे, उनीहरूले ‘फाइटर’ लाई टम क्रुजको फिल्म ‘टप गन : मावेरिक’सँग तुलना गरेका छन्।

एक प्रयोगकर्ताले लेख्छन्,’टप गनको प्रतिलिपि, बलिउडको परिचित शैली’ ।  अर्को प्रयोगकर्ता भन्छन्, ‘के यो टप गनको रिमेक हो ?’ तेस्रो प्रयोगकर्ता भन्छन्, ‘सस्तो टप गन।’-एजेन्सी

Skip This