काठमाडौं-बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ६ जनाविरुद्ध सरकारी कागजात किर्तेमा मुद्दा चलाउने तयारी गरिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गुरुङसहित अन्य चार तत्कालीन कर्मचारीविरुद्ध सरकारी कागजात किर्तेमा म्याद थप गरेर मुद्दा अघि बढाउन लागेको हो।
यो प्रकरणमा पछिल्लो पटक डिल्लीबजार मालपोतका तत्कालीन कर्मचारी गोपाल कार्की पनि तानिएपपछि एकै दिन पक्राउ पर्नेको संख्या ६ पुगेको छ।
गुरुङलाई मंगलबार सीआईबीको टोलीले नक्सालस्थित निवासबाटै पक्राउ गरेको थियो। मंगलबार नै सीआईबीको टोलीले काठमाडौंका फरक-फरक स्थानबाट तत्कालीन सहसचिवसहित तीन चारजनालाई पनि पक्राउ गरिसकेको छ।
सीआईबीका एक अधिकारीका अनुसार मीनबहादुरपछि पक्राउ पर्नेहरुमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरु धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली र भूपेन्द्रमणि केसी छन्। पछिल्लो पटक अर्का कर्मचारी गोपाल कार्की पनि समातिएका छन्।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने प्रकरणमा उनीहरु सबै नाम मुछिएको थियो।




प्रतिक्रिया