काठमाडौं-अभिनेत्री श्वेता खड्काले मंगलबार बालकोट पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नु भएको छ।
अभिनेत्री खड्का पति विजयेन्द्रसिंह रावत र नाबालक छोरी ब्रिआनालाई साथमा लिएर ओली निवास बालकोट पुगेर भेट्नु भएको हो।
सो क्रममा ब्रीआनालाई ओलीले आशीर्वाद दिनुका साथै काँधमा समेत लिनु भएको छ। अध्यक्ष ओलीसँगको भेटको तस्बिर उहाँले सामाजिक सञ्जाल मार्फत सार्वजनिक समेत गर्नुभएको छ।
अभिनेत्री खड्काले अध्यक्ष ओलीसँगको भेटपछि कुनै पनि काम प्रेमपूर्वक गर्दा लक्ष्मीको बास हुने बताउनु भएको छ। उक्त भेटका क्रममा ओलीले श्वेताकी छोरी ब्रिआनालाई प्रेमपूर्वक साथमा लिएर आशीर्वाद पनि दिएको श्वेताले बताउनु भयो।
‘काम ठूलो हुनु पर्दैन, जे गर्छौँ प्रेमपूर्वक गर्दा सदैव लक्ष्मी को बास हुन्छ’, श्वेता भन्नुहुन्छ, ‘सम्मनानीय पूर्वप्रधानमन्त्री केपी बुवा हजुरसँग पहिलो भेट ब्रिआनाको, आशिर्वाद लिँदै।’
अभिनेत्री श्वेता केही समय पहिले नेपाली कांग्रेसका प्रवेश गर्नु भएको थियो। अहिले एमाले अध्यक्ष ओलीलाई भेट्नु उहाँ एमाले प्रवेश गर्न लागेको हो कि भन्ने आशङ्का गरिएको छ।






प्रतिक्रिया