अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पशुपतिनाथ मन्दिरमा जलहरी आज पुनर्स्थापना गरिने

पशुपतिनाथ मन्दिरमा जलहरी आज पुनर्स्थापना गरिने


काठमाडौँ-पशुपतिनाथ मन्दिरको जलहरी आज पुनर्स्थापना गरिने भएको छ । अनुसन्धानका लागि गत आइतबार निकालिएको जलहरी आज पुनर्स्थापना गर्न लागिएको हो । 

जलहरी पुनर्स्थापना गर्दा पनि भक्तजनलाई दर्शनको व्यवस्था मिलाइएको पशुपति विकास कोषले जनाएको छ । तर उत्तरी रुद्र गाडेश्वर वरपर भने सुरक्षाकर्मीले भक्तजनलाई जान दिएका छैनन् । 

यसअघि गत आइतबार जलहरी निकाल्ने क्रममा मन्दिर परिसरमा भक्तजनलाई रोक लगाइएको थियो ।