अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

३० दिनभित्र सबै विवरण अद्यावधिक गर्न सहकारीलाई काठमाडौँ महानगरको निर्देशन

३० दिनभित्र सबै विवरण अद्यावधिक गर्न सहकारीलाई काठमाडौँ महानगरको निर्देशन


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मातहतका सहकारीलाई ३० दिनभित्र सबै विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ ।

आज एक सूचना जारी गर्दै महानगरले तोकिएको समयमा  सबै शेयर सदस्यहरूलाई उपस्थित गराई साधारणसभा सम्पन्न गरी संस्थाको यथार्थ स्थिति र कारोबारबारे जानकारी गराउन निर्देशन दिएको हो ।  

‘काठमाडौँ महानगरपालिका सहकारी ऐन, २०७४ को दफा २८ को उपदफा २  ले संस्थाको साधारण सभा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र बोलाउनुपर्ने, दफा ५४ को उपदफा १ ले आर्थिक वर्ष समाप्त भएको मितिले बढीमा ३ महिनाभित्र प्रचलित कानून बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट संस्थाको प्रत्येक आर्थिक वर्षको लेखा परीक्षण गराउनुपर्ने र दफा ५२ ले तोकिए बमोजिमका विवरणहरू बुझाउनुपर्ने व्यवस्था गरेको छ। ऐनको दफा ७९ ले विभिन्न कसुरजन्य कार्यहरू, दफा ८१ ले सजाय, दफा ८२ ले जरिवाना र दफा ६६ ले सहकारीको विघटन वा दर्ता खारेजीको व्यवस्था गरेको छ,’ बुधबार प्रकाशित सूचनामा भनिएको छ, ‘यस्तो कानूनी व्यवस्था हुँदाहुँदै केही सहकारी संस्थाहरूले साधारण सभाको जानकारी, लेखा परीक्षण प्रतिवेदन लगायत तोकिए बमोजिमका विवरणहरू समयमा नै पेस गर्ने गरेको नपाइएको हुँदा यो सूचना प्रकाशित गरिएको छ। सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र काठमाडौँ महानगरपालिका सहकारी विभागमा उक्त विवरणहरू बुझाई अद्यावधिक गर्नुहुन सम्बन्धित सबै सहकारी संस्थाहरूलाई अनुरोध गरिन्छ।’