काठमाडौं-प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट स्पष्ट जवाफ नआएको भन्दै एमाले, रास्वपालगायतका विपक्षी दलले सदन अवरोध गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गर्नुअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले जिल्ला निर्वाचन कार्यालयहरु खारेज नगर्ने सरकारी प्रतिवद्धता बजेटमा कसरी समावेश गर्ने हो भनी प्रश्न उठाउनु भएको थियो ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्तारुढ दलहरु पनि जिल्ला निर्वाचन कार्यालय खारेज नगर्ने पक्षमा रहेको भन्दै बजेटमा उक्त प्रतिवद्धतालाई कसरी समावेश गर्ने भन्ने विषयमा छलफल गर्न सकिने बताउनु भएको थियो ।




प्रतिक्रिया