अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बजेट पारित भएपछि सीके राउतको टिप्पणी: यो संसद नभएर नाटकघर मात्रै हो

बजेट पारित भएपछि सीके राउतको टिप्पणी: यो संसद नभएर नाटकघर मात्रै हो


काठमाडौं-जनमत पार्टीका अध्यक्ष सीके राउतले सांसदहरुले एक महिनासम्म संसदमा आफैंले विरोध गरेको बजेट अन्तिममा ताली पड्काएर पारित गरेको भन्दै अरु मधेश केन्द्रित दलको आलोचना गर्नु भएको छ।

१५ जेठमा अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदमा पेश गरेको बजेट आज बहुमतले पारित भएको छ।

बजेट पारित भएपछि फेसबुकमा स्टाटस लेख्दै जनमत पार्टी अध्यक्ष राउतले संसदमा जनता झुक्याउनका लागि मात्र सांसदहरुले बजेटको विरोध गरेको टिप्पणी गर्नु भएको छ।

अध्यक्ष राउत भन्नुहुन्, ‘एक महिनादेखि घोर विरोध गरिरहेको, जनता र गरीब विरोधी घोर असमान बजेटलाई, ताली पड़काएर सांसद्हरूले आफैंले पारित गरे । जसपा, लोसपा, नाउपा र स्वतन्त्र सांसद्हरूले मात्रै पनि ताली बजाएर मत नदिएको भए यो मधेश र जनता विरोधी बजेट आज पारित हुने थिएन, संसद्को गरिमा रहनेथ्यो, एक महिना छलफलको सार्थकता रहनेथ्यो, सांसद्को मर्यादा रहनेथ्यो ।’

अध्यक्ष राउतले आफ्नो पार्टीले बजेटको विपक्षमा मतदान गरेको बताउनु भयो । आफूहरुले सिद्धान्तको राजनीति गरेको भन्दै उहाँ लेख्नुहुन्छ,  ‘योभन्दा अगाडि पनि सिद्धान्तमा अडिग रहेर उपराष्ट्रपतिको निर्वाचनमा महिला उम्मेदबारलाई अघि बढाउँदा हामीले सरकारबाट बहिर्गमन हुनुका साथै ठूलो मूल्य चुकाउनु परेको थियो र प्रहरी प्रशासनको प्रताडना झेल्नु परेको थियो भने अहिले पनि हामीले ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ, ठूलो यातना पनि भोग्नु पर्ने हुन्छ।’

Skip This