काठमाडौँ-साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षा गार्डसहित २ जनाको मृत्यु भएको छ ।
मेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर आएका एक व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा गोली चलेको बताइएको छ ।
बुधबार भएको यो घटनाको अमेरिका र साउदी अरबका अधिकारीहरुले पुष्टि गरेको अलजजिराले जनाएको छ ।
मृतक नेपाली सुरक्षा गार्डको पहिचान खुलेको छैन ।
सो घटनामा अमेरिकी नागरिकलाई भने केही पनि नभएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया